Skip to main content

kanchansecondaryenglishschool.edu.np

​कञ्चन अंग्रेजी माध्यमिक विद्यालय

गोदावरी न. पा. ११, चापागाउँ, ललितपुर

मिति: २०८३।०३।१८

​आदरणीय अभिभावक ज्यू,

​शैक्षिक सत्र २०८३ को विद्यालयले गरेको शैक्षिक कार्ययोजना तथा विद्यार्थीहरूको पठनपाठन लगायत विविध विषयमा अभिभावक र विद्यालय प्रशासनबीच छलफल गर्नुपर्ने भएकोले तपशिल बमोजिम अभिभावक बैठकमा तपाईं स्वयम् समयमा उपस्थित भई आवश्यक राय सल्लाह र सुझाव दिनु हुन विनम्र अनुरोध गर्दछु ।

तपशिल:

  • स्थान: विद्यालयको सभाहल
  • मिति: २०८३ असार २१ गते आइतबार
  • समय:
    • ​बिहान ठिक ०८:१५ बजे देखि १०:१५ बजे सम्म (कक्षा ६ देखि कक्षा १० सम्मको)
    • ​बिहान ११:१५ बजे देखि १:१५ बजे सम्म (कक्षा नर्सरी देखि कक्षा ५ सम्मको)