
वातावरणीय प्रभाव मूल्याङ्कन भन्नाले कने पनि प्रस्ताविक विकास निर्माणका कार्यहरु सञ्चालन गर्दा वातावरणीय दृष्टिकोणबाट त्यसको प्रभाव के कसतो रहन सक्छ ? के करता पक्षहरुको सलग्नता रहनु पर्दछ ? वर्तमानमा गरिएका विकास निर्माणका कार्यहरुबाट कति र कहाँ फाइदा बेफाइदा हुन सक्ला ? आदिका वारेमा संम्भावित वातावरणीय नकारात्मक प्रभावको पहिचान गर्न वातावरणीय प्रभाव थाहा पाउन, वातावरणीय प्रभाव न्यूनीकरणका लागि उपाय खोज्न र योजना के कसरी कुन आधारमा अगाडि बढाउने वा नवढाउने भन्ने जानकारीका लागि गरिने चौतफी विश्लेषण पद्धति हो। वातावरणीय प्रभाव मूल्याङ्कनले कुनै पनि स्थानमा स्थापना वा निर्माण गरिने प्रस्तावित योजनाको सञ्चालन पूर्व गरिने लेखाजोखालाई बुझाउँछ । दिगो विकासका लागि विभिन्न आधारहरु खोज्ने प्रयत्न यसमा गरिन्छ । प्रस्तावित आयोजनाले स्थानीय वातावरणमा के कस्तो असर पुर्याउछ? कस्तो नतिजा निस्कन्छ ? त्यसबाट उत्पन्न परिवर्तन र नतिजाहरुको सिमा के कति हुन सक्दछ? प्रस्तावित आयोजनहरुबाट हुन सक्ने परिणम के कस्तो ‘हुनेछ ? त्यस्तो परिणामलाई कसरी कम गर्न सकिन्छ? भन्ने जस्ता तथ्यहरु वातावरणीय प्रभाव मूल्याङ्कन कार्यले स्पष्ट गर्दछ। विकासमा सामाजिक पक्षको विश्लेषणको आवश्यकतालाई जोड दिइन्छ । जलवायु विकासको वर्तमान स्थिति, सामाजिक सांस्कृक्तिक धरोहरहरु योजना र लगानीको सम्बन्ध आदिलाई वातावरणीय प्रभाव मूल्याङ्कनका सन्दर्भमा विवेचना गरिनेछ । वातावरणीय प्रभाव मूल्याड्कन सर्वप्रथम सन् १९६९ मा सयुक्त राज्य अमेरिकाले प्रयोगमा ल्याएको हो । योभन्दा अगाडि कुनै पनि आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन नगरी केवल लगानी र प्रतिफल मात्र हेरिने गरिन्थ्यो। सन् १९७५ पछि सबै विकसित मूलुकहरुले बिकास आयोजना सँगसँगै वातावरणीय प्रभाव मूल्याङ्कनलाई प्रयोग गर्न थालेको पाइन्छ । वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धमा वातावरणको भ्याकमिलन शब्दकोशमा भनिएको छ – ‘The identification and evaluation of environment of a proposal development and the measures intended to minimize adverse effect” निश्चित पनि वातावरण प्रभाव मूल्याङ्कनको उद्धेश्य प्रस्तावित विकासका प्रभाव मूल्याङ्कन गरी आदि प्रतिकूलका अवस्थाहरु दिइएमा हरसम्भव त्यसलाई
न्यूनीकरण गर्ने प्रयत्न गरिन्छ तथा जनचासो जगाउनका साथै वातावरणमा पारेको नकारात्मक प्रभावलाई त्यत्तीकरण गर्ने उपायहरु बोजी पननिर्माणमा लागत पनि छुट्याउने आधार तयार पारिन्छ ।
आर्थिक विकासमा दिगोपना ल्याउनका लागि बातावरणीय अवस्थाहरुको संरक्षण र संवर्द्धन अपरिहार्य छ कुनै पनि विकास निमाण कार्यलाई यदि स्थानीइ वातावरणले धान्न सकेन भने त्यस किसिमको विकास निर्माण कार्य बन्द हुन पनि सक्दछ । त्यसैले वातावरण विनास र लापरवाही नहोस् भन्ने उद्देश्यलाई यसको अनुशरण गर्नु आवश्यक छ । विकास कार्यमा दिगोपना पुयाउने हुनाले अधिकांश देशहरुले यसलाई विकासको साधानको रुपमा लिई रहेका छन्। दक्षिण एसिया लगायत एसियका अधिकाश मुलुकहरु, युरोप र अमेरिकन महादेशका प्रायः जसो राष्ट्रहरुले वातावरणीय प्रभाव मूल्याङ्कनलाई आ-आफ्नो आवश्यकता अनुसार कानूनी वाध्यता पनि बनाएका छन्।
नेपालमा बातावरण संरक्षण ऐन २०५३ मा जारी गरिएको छ। यस सम्बन्धमा भनिएको छः- कुनै पनि विकास कार्यको प्रस्तावको कायान्वयन गर्दा सो प्रस्तावले वातावरणमा उल्लेखनीय प्रतिकुल प्रभाव पार्ने वा तपार्ने त्यस्तो प्रभावलाई कुनै उपायहरुद्वारा हटाउन वा कम गर्न सकिने नसकिने सम्बन्धमा एकिन गर्न तयार गर्न गरिने विस्तृत अध्ययन तथा मूल्याङ्कनसम्बन्धी प्रतिवेदन सम्झनु पर्दछ ।
वातावरणीय प्रभाव मूल्याङ्कन कार्यविधि निम्न बुद्धामा आधारित रहेर अपनाइन्छ :-
१) आयोजनाको छनौट
२) क्षेत्र निर्धारण
३) आयोजनाको विवरण र विकल्पको सोचा
४) वातावरणीय आधारमा रेखाको विवरण
५) प्रभावको पूर्वानुमात
६)सरोकारवालाको संलग्नता
७)अनुगमन र परीक्षण विधी
८) वातावरणीय प्रभाव र मूल्याङ्कन प्रतिवेदन
९) पुनरावलोकन निर्णय उल्लेखित विभिन्न शीर्षकमा केन्द्रीत रही वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा सम्बन्धित पक्षको सहभागिता र निस्पष्क्षताका साथमा प्रभाव मूल्याड्नलाई निर्णयमा पुऱ्याउन सक्नू पर्दछ।
वातावरणीय प्रभाव मूल्याङनका लागि सस्थागत थालनीको खाँचो छ। विकास र वातावरणलाई प्रत्येक सरकारी निकायहरुले सम्बन्धित गराउदै आफ्नो कार्य सञ्चालन गर्नका लागि स्पष्ट कानूनको विकास गर्नुपर्दछ ।
कुनै ठूलो जलविद्युत आयोजनाका वारेमा वातावरणीय मूल्याङ्कन गर्दा यससँग सम्बन्धित विविध पक्षको योजना कार्यान्यवन अगावै राम्रो विश्लेषणसहितको मूल्याङ्कन गर्नु पर्दछ। प्रथमत वातावरणीय प्रभाव मूल्याङ्कनको आधारहरु तयार पारिन्छ । त्यस सम्बन्धी आयोजनाहरुको वारेमा सम्बन्धित खोलाको अवस्थित पानीको मात्रा, पानीको दिगोपनाको आधार भौगोलिक अवस्थित आदिका बारेमा Hydrological अध्ययन गरिन्छ। यसैगरी पर्यावरणीय अध्ययनमा त्यस ठाउँको आसपासका वनस्पति तथा प्राणीहरुका प्रकार, अवस्थित, महत्व र व्यवस्थापनको पक्ष आदिका बारेमा अध्ययन गरिन्छ । यसैगरी जलविद्युत वितरण लाइन त्यसको तारको र प्रभाव आदिका बारेमा अध्ययन गर्नु पर्दछ । वाँध निर्माण स्थलको स्थायित्वका बारेमा पनि अध्ययन गरिन्छ ।
यस्ता आयोजनामा सामाजिक विश्लेषण तथा भूमि उपभोगका बारेमा विश्लेषण गर्नु नितान्त आवश्यक छ । यस सामाजिक, सांस्कृतिक अध्ययनमा सम्बन्धित स्थान समुदायको सामाजिक सांस्कृतिक अवस्था के कस्तो छ? सामाजिक आर्थिक सर्वेक्षण गरिन्छ । सामुदायिक प्रवचन, धर्म नियम, मूल्य मान्यता व्यवहार आर्थिक अवस्था पिछडिएका र गरिव वर्गको खोजी, सांस्कृतिक प्रचलनको बारेमा स्पष्ट तस्वीर खिचिन्छ । आयोजना निर्माण स्थलमा पाटीपौवा चौतारा मन्दिर संरक्षण स्थल मृत्यु संस्कारका लागि घातहरु आदिको अवस्थितिका बारेमा सुचना संकलन गरिन्छ । त्यस ठाउँको जमिनको प्रयोग के कसरी भएको छ? के कस्तो फसलहरु उत्पादन हुन्छन् ? वाली लगाउने प्रणाली तथा सिंचाईको के कस्तो अवस्था छ? सम्बन्धित पानीको स्रोतमा पूर्व उपभोग के कसरी भएको छ ? कति नजिक र टाढासम्म वस्ती छन् ? आदिको मुल्याङ्कन बांध निर्माण, सुरुङ्ग निर्माण, विद्युत गृह निर्माण आदि कार्य गदां विस्थापित हुन सक्ने समुदायको व्यवस्थापनलाई ध्यान दिइन्छ। अन्य पक्षहरुको पनि विश्लेषण गरिन्छ। यसरी वातावर णीय प्रभाव मुल्याङ्कनबाट तयार पारिएका आयोजनाहरु दिगो रुपमा संलाचन हुन सक्दछन् । यहाँबाट विग्रदो वातावरणीय प्रतिकुललाई रोक्न सकिन्छ । यसैले वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा वहुपक्षिय विश्लेषण हुन नितान्त आवश्यक हुन्छ।
– जग्नाथ सिल्वाल
– प्रध्यापक तथा सहायक प्रिन्सीपल
– कञ्चन माध्यमिक विद्यालय